३ वटा वाणिज्य बैंक परे राष्ट्र बैंकको कारबाहीमा

३ वटा वाणिज्य बैंक परे राष्ट्र बैंकको कारबाहीमा

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा तीन वाणिज्य बैंकमाथि कारबाही गरेको छ। बैंक सुपरिवेक्षण विभागका अनुसार कारबाहीमा पर्ने बैंकहरूमा एनआईसी एशिया बैंक, ग्लोबल आईएमई बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहेका छन्।

एनआईसी एशिया बैंकले राष्ट्र बैंकको निर्देशन पटक–पटक उल्लंघन गर्दै वित्तीय विवरण प्रकाशन गरेको तथा जारी गरिएको लिखित आदेशसमेत पालना नगरेको पाइएपछि बैंकका तत्कालीन अध्यक्ष तुलसीराम अग्रवाल र तत्कालीन प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपानेलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० उपदफा २(ग) बमोजिम जनही दुई/दुई लाख रुपैयाँ नगद जरिवाना गरिएको छ।

त्यस्तै, ग्लोबल आईएमई बैंकको स्थलगत निरीक्षण प्रतिवेदन २०८२ का आधारमा पर्याप्त कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, Ageing-wise व्यवस्था लागू नगरेको, कर्जा पुनरतालिकीकरण र पुनरसंरचना सम्बन्धी प्रावधान पूर्ण रूपमा पालना नगरेको तथा Core Banking Software मा चुक्ता भइसकेको कर्जालाई पुरानै Value Date राखी पुनः सिर्जना गर्न सक्ने अवस्था भेटिएको भन्दै प्रमुख कार्यकारी अधिकृतलाई दफा १०० उपदफा २(क) बमोजिम सचेत गराइएको छ।

त्यसैगरी, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले कर्जा सुरक्षणसम्बन्धी प्रावधान पूर्ण पालना नगरी ग्राहकको सहिछापबिना कागजात तयार पार्नुका साथै सुरक्षणले नखाम्ने गरी बढी कर्जा प्रवाह गरेको, एउटै प्रकृतिका कर्जामा ब्याजदर अन्तर २ प्रतिशत बिन्दुभन्दा बढी कायम गरेको तथा चालू पुँजी कर्जा मार्गदर्शन २०७९ विपरीत त्रैमासको अन्तिम महिनामा अल्पकालीन कर्जा प्रवाह गरी असुलीमा प्रयोग गरेको पाइएपछि बैंकको सञ्चालक समिति र प्रमुख कार्यकारी अधिकृतलाई दफा १०० उपदफा २(क) बमोजिम सचेत गराइएको राष्ट्र बैंकले जनाएको छ।

NRB Penalizes and Warns Three https://bajarkochirfar.com/3-commercial-banks-fall-under-nrb-action | %tags

PDF Document
Open in New Tab

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स