ग्लोबल आइएमई क्यापिटल लिमिटेडको योजना व्यवस्थापनमा ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड -१ ले बुक क्लोजको मिति तय गरेको छ । फन्डले असोज ११ गते बुक क्लोज गर्ने जानकारी गराएको छ । तसर्थ, असोज १० गतेसम्म कायम इकाईधनीले फन्डले घोषणा गरेको नगद लाभांश प्राप्त गर्न सक्नेछन्।
फण्डले आर्थिक वर्ष २०८०/८१ को नाफाबाट कर सहित ५ प्रतिशतका दरले नगद लाभांश (प्रतिफल) घोषणा गरिसकेको छ। साथै, कुल ५ करोड १२ लाख ८८ हजार १८० रुपैयाँ बराबरको रकम प्रतिफल वितरण गर्ने निर्णय गरेको हो ।














प्रतिकृया