नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न क्षेत्रमा दैनिक चार घण्टा विद्युत् आपूर्ति रोक्ने घोषणा गरेको छ। कुलेश्वर वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइनलाई भूमिगत बनाउने कार्यका लागि विद्युत् कटौती गर्न लागिएको हो। बुधबार, कात्तिक २८ देखि एक हप्तासम्म बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म यो रोक लाग्नेछ।
बुधबार, बिहीबार र शुक्रबार (कात्तिक २८, २९ र ३०) बलम्बु, कलंकी र थानकोट फिडरअन्तर्गत कलंकीदेखि सतुंगलसम्मको क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुनेछ। त्यसैगरी, आइतबार, सोमबार र मंगलबार (मंसिर २, ३, र ४) कलंकी क्षेत्र प्रभावित हुनेछ। आइतबार कलंकीदेखि सतुंगलसम्म र सोमबार पुनः कलंकी क्षेत्रमा चार घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुनेछ।
















प्रतिकृया