आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले कात्तिक १२ गतेका लागि १७ औं वार्षिक साधारण सभा बोलाएको छ, जसको आयोजना काठमाडौं, मैतीदेवीस्थित वैभव पार्टी प्यालेसमा बिहान ११ बजे हुनेछ।
सभामा आर्थिक वर्ष २०८०/८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान विवरण लगायतका प्रमुख विषयहरूमा छलफल हुनेछ। साथै, आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्त गर्ने र तिनको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पारित गर्ने एजेन्डा पनि राखिएको छ।
यद्यपि, कम्पनीले लाभांशसम्बन्धी कुनै प्रस्ताव पेश नगरेको जानकारी दिएको छ।
कम्पनीले कात्तिक ४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ, जसअनुसार कात्तिक ३ गतेसम्म कायम सेयरधनीहरूले मात्र साधारण सभामा सहभागी हुने अवसर पाउनेछन्।






![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-768x432.jpg)












![बाढीले हाइड्रोमा कति अर्बको क्षति पुर्यायो? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/09/SwYGgGHTIkY-maxresdefault-150x150.jpg)
प्रतिकृया