हङकङबाट दिल्ली जाँदै गरेको ड्रीमलाइनर विमान किन फर्कियो आकाशबाटै ?
हङकङबाट दिल्लीका लागि उडेको एअर इन्डियाको बोइङ ७८७–८ ड्रीमलाइनर विमान प्राविधिक समस्या देखिएपछि बीचमै फर्किएको छ। हिन्दुस्तान टाइम्सका अनुसार जहाज उडान भरेपछि केही समयमै समस्या देखिएपछि चालक दलले सावधानी अपनाउँदै जहाजलाई पुनः हङकङ फर्काएका थिए।
टाइम्स अफ इन्डियाले जनाएअनुसार उडानको क्रममा प्राविधिक समस्या देखिएपछि चालक दलले तुरुन्तै सूचना पाए र सुरक्षाका कारण विमानलाई गन्तव्यतर्फ नपठाई फर्काउने निर्णय गरिएको हो।
यसैबीच, सोमबार जर्मनीको फ्राङफर्टबाट हैदराबादस्थित राजीव गान्धी अन्तर्राष्ट्रिय विमानस्थलतर्फ उडेको अर्को विमान पनि बमको आशंकाका कारण फ्राङफर्टमै फिर्ता गरिएको थियो।
(एजेन्सीहरुको सहयोगमा)