१० मिनेट चार्जमा ६ घण्टासम्म चलाउन सकिने भिभो भि५० स्मार्टफोन नेपाली बजारमा सार्वजनिक



Advertisement
Ads

स्मार्टफोन ब्रान्ड भिभोले नेपालमा बहुप्रतीक्षित भि५० सार्वजनिक गरेको छ। जाइस्‌सँगको सहकार्यमा डिजाइन गरिएको यो स्मार्टफोनले प्रो–लेवल पोट्रेट फोटोग्राफी, स्टाइलिश डिजाइन, र दीर्घकालीन ब्याट्री परफर्मेन्स प्रदान गर्ने कम्पनीले जनाएको छ।

उत्कृष्ट क्यामेरा क्षमताहरू

भिभो भि५० मा ५० मेगापिक्सल जाइस् ओआईएस् मेन क्यामेरा समावेश गरिएको छ, जसले उच्च गुणस्तरका तस्बिरहरू कैद गर्न सहयोग गर्छ। ११९ डिग्री अल्ट्रा वाइड–एंगल क्यामेरा ग्रुप फोटो र सुन्दर दृश्यहरू खिच्न उपयुक्त छ।


Advertisement

सेल्फी पारखीहरूका लागि, ५० मेगापिक्सल जाइस् ग्रुप सेल्फी क्यामेराले ९२ डिग्री जाइस् अटोफोकस वाइड–एंगल लेन्स सहित नेचुरल र हाई–डेफिनिशन सेल्फ–पोट्रेट खिच्ने क्षमता राख्छ। एआई औरा लाइट पोट्रेट २.० ले १४३ गुणा अल्ट्रा–सफ्ट फिल लाइट प्रदान गर्छ भने, जाइस् मल्टिफोकल पोट्रेटले २३ एमएम, ३५ एमएम, र ५० एमएम फोकल लेन्थमा प्रोफेशनल पोट्रेट इफेक्ट दिन्छ।

उन्नत भिडियो रेकर्डिङ र डिजाइन

भिभो भि५० ले फोके अल्ट्रा–क्लियर भिडियो रेकर्डिङ सुविधासहित उच्च स्तरको भिडियो निर्माण अनुभव प्रदान गर्छ। एआई इरेज २.०, लाइभ कटआउट, फिल्म क्यामेरा मोड, र लाइभ फोटो जस्ता प्रविधिले प्रयोगकर्तालाई थप सिर्जनात्मक बनाउन मद्दत गर्छ।

यसमा गोल्डन कर्भचरसहितको क्वाड–कर्भ डिस्प्ले छ, जसले आकर्षक लुक्स मात्र होइन, सहज पकड र इमर्सिभ भ्यु अनुभवसमेत दिन्छ। एन्टी–मिस्टच एल्गोरिदम ले मल्टिटास्किङ र गेमिङलाई सहज बनाउँछ। स्मार्टफोन स्टारी ब्लु र स्याटिन ब्लाक गरी दुई आकर्षक रङहरूमा उपलब्ध हुनेछ।

शक्तिशाली प्रदर्शन र ब्याट्री

भिभो भि५० मा क्वालकम स्न्यापड्रैगन ७ जेन ३ प्रोसेसर प्रयोग गरिएको छ, जसले १५% छिटो सीपीयू प्रदर्शन र ५०% सुधारिएको जीपीयू पावर प्रदान गर्छ। १२+१२ जीबी विस्तारित र्याम ले कुनै पनि एप स्विचिङलाई सहज बनाउँछ।

यसमा ६००० एमएएच ब्लु भोल्ट ब्याट्री रहेको छ, जसले १० मिनेट चार्जमै ६ घण्टा कुराकानी वा ३ घण्टा भिडियो स्ट्रिमिङ गर्ने क्षमता प्रदान गर्छ। ९० वाट फ्ल्यास चार्ज प्रविधि छिटो चार्जिङ सुनिश्चित गर्छ। आईपी ६८ र ६९ वाटर तथा डस्ट रेसिस्टेन्स ले स्मार्टफोनलाई दैनिक जीवनका चुनौतीहरू सामना गर्न सक्षम बनाउँछ।

मूल्य र उपलब्धता

नयाँ टेक्नोलोजी र उत्कृष्ट डिजाइनसहितको भिभो भि५० नेपाली बजारमा रु. ६७,९९९ तोकिएको छ। मार्च १८ देखि मार्च २४ सम्म प्रिबुकिङ उपलब्ध हुनेछ, जसअन्तर्गत ग्राहकहरूले निःशुल्क भिभो इयरबड्स प्राप्त गर्न सक्नेछन्। पहिलो बिक्री मार्च २५ बाट भिभोका अधिकृत रिटेल स्टोरहरू र दराज अनलाइन प्ल्याटफर्ममा सुरु हुनेछ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर