Advertisement
Ads

युक्रेन र अमेरिकाबीच अस्थायी युद्धविराम गर्ने सहमति



Advertisement
Ads

साउदी अरेबियामा युक्रेन र अमेरिकी प्रतिनिधिमण्डलबीच उच्चस्तरीय वार्ता सम्पन्न भएको छ। वार्तापछि अमेरिकाले युक्रेनलाई सुरक्षा सहायता पुनः सुरु गर्ने र खुफिया जानकारी आदानप्रदान जारी राख्ने जनाएको छ। युक्रेनले अमेरिकी प्रस्ताव स्वीकार्दै ३० दिने अस्थायी युद्धविराम मा सहमति जनाएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनको सहमतिलाई सकारात्मक बताउँदै रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सँग प्रत्यक्ष वार्ता गर्ने संकेत गरे। अमेरिकी विदेश सचिव मार्को रुबियो ले साउदी अरेबियाको मध्यस्थताको प्रशंसा गर्दै रुसले पनि युद्धविराम स्वीकार गर्नुपर्ने बताए।


Advertisement

वार्तामा अमेरिका र युक्रेनका उच्च अधिकारीहरू सहभागी भए। रुसी विदेश मन्त्रालयले अमेरिकी प्रतिनिधिहरूसँग आगामी सम्पर्कको संकेत गरेको छ। यसअघि, ट्रम्प प्रशासनले युक्रेनलाई सैन्य सहायता रोक्दा दुई देशबीचको सम्बन्ध तनावग्रस्त बनेको थियो।

(एजेन्सीहरुको सहयोगमा)

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर