इजरायल र इरानबीच युद्धविरामको सहमति भएको ट्रम्पको दाबी



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र इरानबीच युद्धविरामको घोषणा गरेका छन्। सामाजिक सञ्जाल ट्रुथ सोसलमार्फत मंगलबार राति पोस्ट गर्दै ट्रम्पले दुई देशबीच पूर्ण र सम्पूर्ण युद्धविरामको सहमति भइसकेको जानकारी दिएका हुन्।

उनका अनुसार युद्धविरामको सुरुआत इरानले गर्नेछ, जुन अबको ६ घण्टापछि लागू हुनेछ। त्यसपछिका १२ घण्टामा इजरायलले हतियार बिसाउनेछ। ट्रम्पले भनेका छन्, “२१ औं घण्टामा इजरायलले औपचारिक युद्धविराम गर्नेछ र २४ औं घण्टामा ‘१२ दिने युद्ध’ को अन्त्य विश्वले सम्मानपूर्वक स्वीकार गर्नेछ।”


Advertisement

ट्रम्पले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु र इरानी नेतृत्वलाई धन्यवाद दिँदै यो युद्धविरामको सहमतिलाई “विश्व शान्तिको दिशातर्फ एक ऐतिहासिक कदम” भनेका छन्। उनले लेखेका छन्, “यो युद्ध वर्षौंसम्म तानिन सक्थ्यो र पूरा मध्यपूर्वलाई विनाशतर्फ डोहोर्‍याउन सक्थ्यो। तर अब त्यस्तो भय टरिसकेको छ।”

युद्धविराम स्थापनामा कतारको प्रमुख भूमिका रहेको जनाइएको छ। रोयटर्सका अनुसार कतारका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले इरानी अधिकारीहरूलाई अमेरिकाको प्रस्ताव स्वीकार गर्न मनाएको खुलासा भएको छ। ट्रम्पले यसबारे उल्लेख गर्दै कतारले इरानलाई मनाउन गरेको पहलप्रति आभार व्यक्त गरेका छन्।

इजरायली प्रवास मामिला मन्त्री अमीचाई चिकलीले युद्धविरामको पुष्टि गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले इजरायली सैनिक, गुप्तचर निकाय र प्रधानमन्त्री नेतान्याहुलाई धन्यवाद दिँदै भनेका छन्, “यो निर्णय इतिहासमा साहस र नैतिकताका रूपमा स्मरण हुनेछ।”

यसैबीच, इजरायली प्रधानमन्त्री नेतान्याहु सुरक्षा परिषद्का सदस्यहरूसँग आपतकालीन बैठकमा छन्। सीएनएनका अनुसार उक्त बैठकमा विदेशमन्त्री गिदोन सार, रक्षामन्त्री इजरायल कात्ज, वित्तमन्त्री बेजालेल स्मोट्रिचलगायत उच्चस्तरीय नेताहरू सहभागी छन्।

ट्रम्पले युद्धविराम अवधिभर एक पक्षले शान्त र सम्मानजनक व्यवहार गर्ने र अर्को पक्षबाट प्रतिक्रिया स्वरूप युद्ध अन्त्यको प्रक्रिया अघि बढ्ने बताएका छन्।

युद्धविरामको घोषणा इरानले कतारस्थित अमेरिकी सैन्य क्याम्पमा मिसाइल आक्रमण गरेपछि आएको हो। सो घटनाले इजरायल-इरान द्वन्द्व थप जटिल बनाएको थियो।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर