गृह मन्त्रालयले गर्यो तिन जिल्लाका सीडीओको सरुवा, कसलाई कहाँको जिम्मेवारी ?



Advertisement
Ads

गृह मन्त्रालयले तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको हेरफेर तथा पदस्थापन गरेको छ।

मन्त्रालयका अनुसार सहसचिव रामकृष्ण अधिकारीलाई तनहुँका प्रमुख जिल्ला अधिकारी पदमा खटाइएको छ। यसअघि तनहुँमा कार्यरत श्यामकृष्ण थापाको रामेछापमा सरुवा गरिएको छ भने रामेछापका सीडीओ राजुप्रसाद पौडेललाई गृह मन्त्रालय तानिएको छ।


Advertisement

त्यस्तै, गृह मन्त्रालयमै कार्यरत बद्रिनाथ गैह्रेलाई दैलेखको प्रमुख जिल्ला अधिकारी पदमा खटाइएको छ। दैलेखका तत्कालीन सीडीओ उपसचिव नवराज जैशीलाई पनि मन्त्रालय तानिएको छ।

यसैगरी, गृह मन्त्रालयका सहसचिव बन्धुप्रसाद बास्तोलालाई राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कामकाजका लागि खटाइएको मन्त्रालयले जानकारी दिएको छ।

494818509 3516220775177380 7485353037663964571 n Gl1EOCpIpR https://bajarkochirfar.com/the-ministry-of-home-affairs-has-transferred-cdos-of-three-districts-who-has-responsibility-for-where | %tags

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर