कम्बोडियाका नेतासँगको फोन संवाद लिक भएपछि प्रधानमन्त्रीको पद धरापमा



थाई प्रधानमन्त्री पेटोन्टार्न शिनावात्राको नेतृत्वमा रहेको गठबन्धन सरकार संकटमा परेको छ। कम्बोडियाका पूर्वप्रधानमन्त्री हुन सेनसँगको टेलिफोन वार्ता सार्वजनिक भएपछि सरकार ढल्ने खतरा बढेको हो।

वार्तामा पेटोन्टार्नले हुन सेनलाई ‘काका’ भनेर सम्बोधन गरेकी थिइन्, साथै एक थाई सैन्य कमान्डरलाई बर्खास्त गर्ने योजना बनाएको कुरो पनि अडियोमा समेटिएको छ। अडियो लिक भएपछि जनस्तरमा व्यापक आक्रोश देखिएको छ भने विपक्षी नेताहरूले प्रधानमन्त्रीको राजीनामाको माग गरेका छन्।


Advertisement

गठबन्धनकै प्रमुख साझेदार भुमजाइथाई पार्टीले बुधबार सरकार छाड्ने घोषणा गरेपछि पेटोन्टार्न नेतृत्वको प्यू थाई पार्टी गम्भीर दबाबमा परेको छ। अहिले गठबन्धनसँग झिनो बहुमत मात्रै बाँकी छ। बाँकी दुई साझेदारले बिहीबारपछि छलफल गरेर निर्णय लिने बताएका छन्।

पेटोन्टार्नले लिक भएको अडियोका लागि माफी मागेकी छन् र यो केवल ‘सामान्य वार्ताको तरिका’ भएको बताउँदै बचाव पनि गरेकी छन्। आलोचकहरूले भने उनले हुन सेनलाई ‘काका’ भन्ने र उनको माग मान्न तयार हुने अभिव्यक्ति आपत्तिजनक रहेको बताएका छन्।

फोनवार्तामा पेटोन्टार्नले थाई सैन्य कमान्डरले सीमा तनाव बढाएर आफूलाई राम्रो देखाउन खोजेको आरोप समेत लगाएकी छन्।

शिनावात्रा र हुन सेन परिवारबीच दशकौं पुरानो मित्रता रहेको छ। पेटोन्टार्नका पिता र पूर्वथाई प्रधानमन्त्री थाक्सिन शिनावात्रा र हुन सेनले एकअर्कालाई दाजुभाइको रुपमा हेर्ने गरिन्छ।

हुन सेनले उक्त अडियो क्लिप ८० जना नेताहरूलाई पठाएको र तिनैमध्ये एक जनाले लिक गरेको दाबी गरेका छन्। पछि उनले १७ मिनेट लामो सम्पूर्ण वार्ता फेसबुकमार्फत् सार्वजनिक गरेका थिए।

(बीबीसी)

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर