साउन २१ भित्र विधेयक पारित नभए कडा आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी

साउन २१ भित्र विधेयक पारित नभए कडा आन्दोलन गर्ने शिक्षक महासंघको चेतावनी
Advertisement Ads

नेपाल शिक्षक महासंघले विद्यालय शिक्षा विधेयक साउन २१ गतेभित्र संसदबाट पारित गर्न सरकारलाई कडा चेतावनी दिएको छ। यदि सो अवधिसम्म विधेयक पारित नभए वा सहमतिविपरीत व्यवस्थाहरू अघि बढाइएमा, महासंघले अघिल्ला आन्दोलनभन्दा अझ सशक्त र कठोर आन्दोलन सुरू गर्ने घोषणा गरेको छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदी र महासचिव तुलाबहादुर थापाद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “राज्यपक्ष फेरि शिक्षक–कर्मचारीलाई धोका दिने र आन्दोलनतर्फ धकेल्ने दिशामा उन्मुख देखिन्छ।”

विज्ञप्तिमा संसदको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा छलफल भइरहेको विधेयकलाई शीघ्र टुंग्याई, विगतका सहमति समावेश गरी प्रतिनिधिसभामा पेस तथा पारित गर्न सम्बन्धित पक्षको ध्यानाकर्षण गरिएको छ।

महासंघले भनेको छ, “२०८२ साउन २१ गतेभित्र विधेयक पारित हुनुपर्छ। यदि पारित भएन वा सहमति विपरीत व्यवस्थाहरू अघि बढाइएमा, महासंघ विगतको भन्दा कडा आन्दोलनमा उत्रनेछ। आन्दोलनका कार्यक्रमहरू यथासमयमा सार्वजनिक गरिनेछन्।”

साथै, महासंघले यस्तो अवस्था उत्पन्न भएमा त्यसबाट उत्पन्न हुने गम्भीर परिणामको जिम्मेवारी राज्यपक्षले लिनुपर्ने पनि स्पष्ट पारेको छ।

Sikshak Mahasangh 2 https://bajarkochirfar.com/teachers-federation-warns-of-strong-protests-if-bill-is-not-passed-by-july-21 | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स