सुमन पोखरेल निफ्राको सञ्चालकमा नियुक्त



Advertisement
Ads

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सञ्चालक समितिमा सुमन पोखरेल नियुक्त भएका छन्। ग्लोबल आइएमई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत रहेका पोखरेलले निफ्राको सञ्चालकको जिम्मेवारी सम्हालेका हुन्। उनी रत्नराज बज्राचार्यको स्थानमा नियुक्त भएका हुन्, जसले हालै राजीनामा दिएका थिए। ग्लोबल आइएमई बैंकको प्रतिनिधित्व गर्दै पोखरेलले सञ्चालक पदमा प्रवेश गरेका हुन्। निफ्राको सञ्चालक समितिको वैशाख ७ गते बसेको बैठकले बज्राचार्यको राजीनामा स्वीकृत गरेको थियो।

बैंकका कम्पनी सचिव बन्धु गौतमका अनुसार निफ्राको सञ्चालक समितिमा विशाल ग्रुपका प्रतिनिधि अनुज अग्रवाल अध्यक्षका रूपमा रहेका छन्। अन्य सञ्चालकहरूमा सरकारका प्रतिनिधि श्रीकृष्ण नेपाल, इमर्जिङ नेपालका प्रतिनिधि लालमणि जोशी, प्रवीण सुवेदी, र स्वतन्त्र सञ्चालकको हैसियतमा महेश प्रसाद दाहाल रहेका छन्।


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads
Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर