५ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति लाभांश दिने ?



Advertisement
Ads

पुस १८ (आज) गते पाँचवटा कम्पनीहरूको लाभांश सुरक्षित गर्ने अन्तिम दिन हो। सूर्याेदय वोमी लघुवित्तले ६ प्रतिशत बोनस सेयर र ०.९६२३५ प्रतिशत नगद लाभांश घोषणा गर्दै पुस २८ गते ललितपुरको लुभुमा साधारणसभा गर्नेछ। मेरो माइक्रोफाइनान्स लघुवित्तले ७.५ प्रतिशत बोनस सेयर र ०.३९४७ प्रतिशत नगद लाभांश प्रस्ताव गर्दै माघ ४ गते नुवाकोटमा सभा आयोजना गर्नेछ।


Advertisement

श्री इन्भेष्टमेण्ट एण्ड फाइनान्सले १.८६५९ प्रतिशत बोनस सेयर र ०.०९८२ प्रतिशत नगद लाभांशका लागि पुस २९ गते काठमाडौंमा सभा बोलाएको छ। हिमालयन डिष्टिलरीले १५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश प्रस्ताव गर्दै पुस २८ गते बिरगन्जमा सभा गर्नेछ। बोटलर्स नेपाल (तराई) ले प्रतिसेयर ५० रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्तावसहित पुस २६ गते काठमाडौंमा साधारणसभा गर्नेछ।


Advertisement

लाभांश सुरक्षित गर्न इच्छुक सेयरधनीहरूले आजभित्र सेयर कारोबार गर्नुपर्नेछ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर