३ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनले कति लाभांश दिँदै ?
आज गरिमा विकास बैंक, बुटवल पावर कम्पनी, र नेपाल दूरसञ्चार कम्पनी (एनटीसी) को लाभांश सुरक्षित गर्न अन्तिम दिन हो। यी कम्पनीहरूले पुस १८ गते बुक क्लोज गर्ने भएकाले आजसम्म कायम रहेका सेयरधनीले मात्र लाभांश पाउनेछन्।
गरिमा विकास बैंकले चुक्ता पूँजीको ५ प्रतिशत नगद लाभांश (करसहित) वितरणको प्रस्ताव गरेको छ। प्रस्ताव पारित गर्न बैंकले पुस २९ गते होटल पोखरा ग्राण्ड, पोखरामा साधारण सभा गर्नेछ।
बुटवल पावर कम्पनीले पनि ५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गर्दै पुस २८ गते कार्की ब्याङ्क्वेट, काठमाडौंमा साधारण सभा आयोजना गर्नेछ।
नेपाल दूरसञ्चार कम्पनी (एनटीसी)ले प्रतिशेयर ३० रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय गरेको छ। यो प्रस्ताव पारित गर्न पुस २८ गते राष्ट्रिय सभा गृह, काठमाडौंमा साधारण सभा हुनेछ।
सेयरधनीहरूले आजभित्र आफ्नो सेयर कायम गरी लाभांश प्राप्त गर्न सुनिश्चित गर्नुपर्नेछ।