२४०० रुपैयाँमा कारोबार भइरहेको कुथेली बुखरी स्मल हाइड्रोपावरको नाफा घट्यो



Advertisement
Ads

कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ८८ लाख ४६ हजार रुपैयाँ खुद नाफा कमाएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १४.२६ प्रतिशत कम हो। विद्युत बिक्री आम्दानी घट्दा नाफा घटेको हो। कम्पनीले १ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको छ, जुन ७.८४ प्रतिशत कम हो। कम्पनीको चुक्ता पुँजी १२ करोड १८ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा ६ करोड १८ लाख रुपैयाँ छ। वित्तीय खर्च ४६.१७ प्रतिशत घटेको छ। प्रतिसेयर आम्दानी १४ रुपैयाँ ५२ पैसा रहेको छ भने प्रतिसेयर नेटवर्थ १५० रुपैयाँ ७३ पैसा छ।


Advertisement


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर