१ अर्ब लगानीमा कर्णालीमै पहिलोपटक ४ तारे रिसोर्ट बन्दै
राराको मुर्माटपमा कर्णाली प्रदेशको पहिलो चारतारे रिसोर्ट निर्माण सुरु भएको छ। एनआरएन अष्ट्रेलियाको लगानीमा बन्ने यो रिसोर्टको भूमि पूजा सोमबार सम्पन्न भयो। ७३ रोपनी क्षेत्रफलमा निर्माण हुने रिसोर्टको पहिलो चरणमा एक अर्ब रुपैयाँ लगानी हुनेछ। पहिलो चरणमा ३६ र दोस्रो चरणमा १९ कोठासहित ९८ श्यया रहनेछ। रिसोर्टले दैनिक १०० पर्यटकलाई सेवा दिनेछ भने १२० जनाले प्रत्यक्ष रोजगारी पाउनेछन्। समुद्री सतहदेखि ३,५०० मिटर उचाइमा बन्ने यो रिसोर्टले धार्मिक पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ। निर्माण सम्पन्न भएपछि भारतीय पर्यटक भित्र्याउने योजनासहित सन् २०२६ भित्र सञ्चालनमा आउनेछ।