हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा
हिमालयन लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० को नाफाबाट १४ प्रतिशत लाभांश घोषणा गरेको छ। कम्पनीको सञ्चालक समितिको निर्णयअनुसार १४ प्रतिशत बोनस सेयर वितरण गरिनेछ। तर, बोनस सेयरमा लाग्ने कर सेयरधनीले आफैं तिर्नुपर्नेछ। प्रचलित कानुनअनुसार कर भुक्तानीको जिम्मेवारी सेयरधनीमै रहने कम्पनीले जनाएको छ। प्रस्तावित लाभांश नेपाल बिमा प्राधिकरण र वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र वितरण हुनेछ।