हिमालयन डिष्टिलरीले पठायो नगद लाभांश सेयरधनीको बैंक खातामा, नपाएकाले के गर्ने ?



Advertisement
Ads

हिमालयन डिष्टिलरी लिमिटेडले आफ्ना सेयरधनीलाई ५ प्रतिशत नगद लाभांश (कर सहित) खातामा पठाइसकेको छ। माघ १३ गतेदेखि बैंक खाता अपडेट गरिएका सेयरधनीको खातामा नगद लाभांश जम्मा गरिएको हो। कम्पनीले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अपडेट नगरेका सेयरधनीलाई तुरुन्त अपडेट गर्न पनि आग्रह गरेको छ । त्यसपछि मात्र खातामा नगद लाभांश आउनेछ । कम्पनीको पुस २८ गते सम्पन्न सभाले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस र ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गरेको थियो। बोनस सेयर भने नेप्सेमा सुचिकृत भएपछि हितग्राही खातामा पठाइनेछ।


Advertisement


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर