हिमालयन टाइम्स मिडियाले आईपीओ निष्काशन गर्ने



Advertisement
Ads

हिमालयन टाइम्स मिडिया इन्टरनेशनल एण्ड टेक लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशनको मुख्य एजेण्डासहित वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीको साधारण सभा यही पुस २९ गते काठमाण्डौको महाराजगंजमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा जुममार्फत दिनको २ बजेदेखि सुरु हुनेछ ।


Advertisement

सभामा कम्पनीको आईपीओ निष्कासन गर्ने, आईपीओका लागि सेयर रजिष्ट्रार र सेयर अन्डरराइटर नियुक्त गर्ने प्रैस्ताव पारित गरिनेछ । यस्तै, ६ महिनाभन्दा बढी अवधिका लागि कम्पनीको चुक्तापूँजी र सञ्चित मुनाफाको जम्मा रकमभन्दा बढी हुने गरी विभिन्न ऋण सुविधा लिने, सञ्चालकको निर्वाचन गर्ने,कम्पनीको रेटिङ गर्न रेटिङ एजेन्सी नियुक्त गर्ने र गत आवका वित्तीय विवरणहरु पारित गर्ने प्रस्तावहरु समेत पारित गरिनेछ ।


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर