सीवाइसी नेपाल लघुवित्तको स्थगित साधारण सभा अब कहिले बस्ने ?
सीवाइसी नेपाल लघुवित्तको स्थगित साधारण सभा अब माघ १२ गते बस्ने भएको छ। यसअघि पुस २९ मा बोलाइएको सभा कोरम नपुगेपछि स्थगित गरिएको थियो। कम्पनीले लाभांश प्रस्ताव नगरी सबै एजेन्डा यथावत राख्दै सभा बोलाएको हो। सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा-नोक्सान, नगद प्रवाह विवरणमाथि छलफल हुनेछ। आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ। साथै, प्रबन्धपत्र र नियमावली संशोधन गर्ने विशेष प्रस्ताव र अन्य लघुवित्तसँग गाभ्ने सम्बन्धमा निर्णय गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि राखिनेछ। पुस १७ सम्म सेयर खरिद गरेका सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन्।