समता घरेलु लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
समता घरेलु लघुवित्त वित्तीय संस्थाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन आज हो, किनकि कम्पनीले भोलि माघ २४ गते बुक क्लोज गर्दैछ। माघ २३ गतेसम्म कायम सेयरधनीले मात्र लाभांश पाउनेछन्। कम्पनीले फागुन ११ गते धुलिखेलस्थित मिराबेल रिसोर्ट एन्ड होटलमा वार्षिक साधारण सभा बोलाएको छ। सभामा ५ प्रतिशत बोनस सेयर र ०.२६ प्रतिशत नगद लाभांश पारित गरिनेछ। साथै, आर्थिक प्रतिवेदन अनुमोदन, लेखापरीक्षक नियुक्ति तथा मर्जर वा एक्विजिसनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पेश गरिनेछ।