सङ्घीय संसद्को हिउँदे अधिवेशन भोलीबाट सुरु हुने
सङ्घीय संसद्को हिउँदे अधिवेशन शुक्रबार अपराह्न १ बजे नयाँबानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा बस्दैछ। विधेयक अधिवेशनका रूपमा लिइने यस अधिवेशनका लागि संसद् सचिवालयले सम्भावित कार्यसूची सार्वजनिक गरिसकेको छ। प्रतिनिधिसभा बैठकमा सभामुखले अधिवेशन आह्वान तथा प्रधानमन्त्रीको कार्यभार सम्बन्धी पत्र पढेर सुनाउनेछन्। प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन प्रवद्र्धन सम्बन्धी अध्यादेश प्रस्तुत गर्नेछन् भने अर्थमन्त्री विष्णुप्रसाद पौडेल र अन्य मन्त्रीहरूले विभिन्न विधेयकहरू पेश गर्नेछन्। राष्ट्रियसभामा मिडिया काउन्सिल तथा नवीकरणीय ऊर्जा विधेयक छलफल हुनेछ। सङ्घीय निजामती, विद्यालय शिक्षा, प्रहरी समायोजन जस्ता विधेयकहरू विचाराधीन छन्।