श्रीजनशील लघुवित्तको साधारण सभा माघ २७ गते बस्ने, के-के छन् एजेन्डा ?



Advertisement
Ads

श्रीजनशील लघुवित्तको वार्षिक साधारण सभा माघ २७ गते बिहान ९ बजे होटल पावन मिथिला थाली, गोलबजार ६ मा बस्नेछ। सभामा आर्थिक वर्ष २०८०–८१ को नाफा नोक्सानमाथि छलफल हुनेछ भने आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गरिनेछ। कम्पनीले यसपटक लाभांश वितरणको प्रस्ताव नगरेकाले सेयरधनीले लाभांश पाउने छैनन्। साथै, अन्य वित्तीय संस्थासँग मर्जर वा एक्विजिशन गर्न तथा प्रबन्धपत्र र नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि राखिनेछ। सभा प्रयोजनका लागि माघ १८ गते बुक क्लोज हुनेछ, जसअनुसार माघ १७ सम्मका सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन्।


Advertisement


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर