शुक्रबार सुनको मूल्य १ हजारले बढ्यो
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) सुनचाँदीको मूल्य बढेको छ। छापावाला सुनको मूल्य प्रतितोला १ हजार रुपैयाँले बढेर तोलाको १ लाख ६० हजार ६ सय रुपैयाँमा किनबेच हुँदैछ। बिहिबार सुनको मूल्य तोलाको १ लाख ५९ हजार ६ सय रुपैयाँ थियो । त्यस्तै, चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर तोलाको १ हजार ८८० रुपैयाँमा किनबेच भइरहेको छ।