वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल माइक्रो इन्स्योरेन्सको आइपीओ भर्ने आज अन्तिम दिन
नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन गरेको आइपीओ भर्ने आज माघ २२ गते अन्तिम दिन हो। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरमा २ लाख २५ हजार कित्ता सेयर छुट्याएको थियो। न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था छ। केयर रेटिङ नेपालले यसलाई ‘केयरएनपी बीबी माइनस’ रेटिङ प्रदान गरेको छ, जसले मध्यमस्तरको जोखिम दर्शाउँछ। बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल रहेको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सी–आस्वा प्राप्त बैंक वा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।