विद्युत् बिक्री आम्दानी बढेसँगै सिंगटी हाइड्रोको नाफामा उल्लेख्य उछाल
सिंगटी हाइड्रो इनर्जी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा १४ करोड २८ लाख ६६ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्ष सोही अवधिमा ४२ लाख २८ हजार रुपैयाँ नोक्सानीमा रहेको कम्पनी विद्युत् बिक्री आम्दानी बढेसँगै नाफामा पुगेको हो। चालु आवको पुस मसान्तसम्म विद्युत् बिक्री आम्दानी ४३ करोड ६७ लाख रुपैयाँ पुगेको छ, जसमा १५३.८२% वृद्धि भएको छ। कम्पनीको प्रतिसेयर आम्दानी (EPS) ९ रुपैयाँ ८५ पैसा, प्रतिसेयर नेटवर्थ १०९ रुपैयाँ २८ पैसा, र मूल्य-आम्दानी अनुपात ५०.९५ गुणा रहेको छ।