लिलामीमा आउँदै एलआईसी नेपालको अवितरित हकप्रद सेयर



Advertisement
Ads

लाइफ इन्स्योरेन्स कर्पोरेसन (एलआईसी नेपाल) ४ लाख ९२ हजार ५७७ कित्ता अवितरित हकप्रद सेयर लिलामीमार्फत बिक्री गर्ने भएको छ। यसअघि कम्पनीले आफ्ना सेयरधनीहरूलाई १ः०.८८४५ अनुपातमा हकप्रद सेयर बिक्री गरेको थियो, र बाँकी सेयर अब सर्वसाधारणलाई लिलामीमार्फत बिक्री गरिनेछ। इच्छुक व्यक्तिहरू फागुन ५ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन्। लिलामीमा राखिएका सेयरहरूको न्यूनतम मूल्य प्रतिकित्ता १०० रुपैयाँ निर्धारण गरिएको छ, र आवेदनको न्यूनतम संख्या १०० कित्ता राख्नुपर्नेछ। बोलपत्र नेपाल एसबीआई मर्चेन्ट बैंकिङ, काठमाडौं लगायत कम्पनीका शाखा कार्यालयहरूमा पेश गर्न सकिनेछ।


Advertisement


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर