लिबर्टी इनर्जीको बिक्री नभएको हकप्रद सेयर लिलामीमार्फत बिक्री खुला
लिबर्टी इनर्जी कम्पनीले माघ २ गतेदेखि ८ लाख २६ हजार ५७४ कित्ता सेयर लिलामी बिक्री खुला गरेको छ। इच्छुक व्यक्ति, कम्पनी, र संघसंस्थाले माघ ९ गतेसम्म प्रभु क्यापिटल वा प्रभु बैंकका शाखाहरूबाट गोप्य शिलबन्दी बोलपत्र आवेदन दिन सक्नेछन्। यसअघि कम्पनीले मंसिर १६ गतेदेखि ५०% हकप्रद सेयर बिक्री खुला गरेको थियो। हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ रहेकोमा हकप्रदपछि २ अर्ब २५ करोड रुपैयाँ पुग्नेछ।