लाभांश प्रस्ताव पारित गर्न हिमालयन लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा, कति दिँदैछ लाभांश ?



Advertisement
Ads

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो १७ औं वार्षिक साधारण सभा फागुन ११ गते, आइतबार, बिहान १०:३० बजे काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड बैंक्वेटमा आयोजना गर्नेछ। सभामा १४ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव प्रस्तुत गरिनेछ, जसको कर सेयरधनीहरूले स्वयंले तिर्नुपर्नेछ। अन्य एजेन्डाहरूमा प्रबन्धपत्र संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, आर्थिक वर्ष २०७९/८० को नाफा-नोक्सान अनुमोदन गर्ने, र आगामी वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने विषय समावेश छन्। साधारण सभा प्रयोजनका लागि माघ २५ गते बुक क्लोज हुनेछ, र माघ २४ गतेसम्म कायम रहेका सेयरधनीहरूले सभामा भाग लिन सक्नेछन्।


Advertisement


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर