लघुवित्तको सेवा शुल्क घट्यो
नेपाल राष्ट्र बैंकले लघुवित्त संस्थाहरूले लोन दिदा लिन पाउने सेवा शुल्क घटाएको छ। नयाँ निर्देशिकाअनुसार कर्जा लिँदा एक दशमलव तीन प्रतिशतसम्म मात्र सेवा शुल्क लिन पाइनेछ। एक वर्षभन्दा कम अवधिको कर्जामा वार्षिकवार्षिक एक दशमलव तीन प्रतिशतमा नबढ्ने गरी दामासाही हिसाबमा मात्रै लिनुपर्नेछ। यसअघि लघुवित्तले कर्जामा एक दशमलव पाँच प्रतिशतसम्म सेवा शुल्क लिन पाउँथे। अब अन्य बचत कट्टा गर्न पनि रोक लगाइएको छ।