यो साता ३ दिन मात्रै सेयर कारोबार हुने
यो साता केवल ३ दिन मात्र सेयर कारोबार हुने भएको छ । सरकारले माघ १६ गते बुधबार र माघ १७ गते बिहीबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। राजपत्रमा प्रकाशित सूचनाअनुसार, माघ १६ गते सहिद दिवस र माघ १७ गते सोनाम ल्होसारको अवसरमा बिदा रहने भएको हो। यस बिदासँगै, सरकारी कार्यालयहरू, बैंक, वित्तीय संस्था र सेयर बजार लगायतका संस्थाहरू बन्द रहनेछन्। आइतबार माघ २० गते देखि सेयरबजार पुन: संचालनमा आउनेछ ।