युनाइटेड अजोड इन्स्योरेन्सको डीसीईओमा रिजाल नियुक्त



Advertisement
Ads

युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा रेना रिजाल नियुक्त भएकी छन्। उनी आगामी सोमबारदेखि औपचारिक रूपमा पदभार सम्हाल्नेछिन्। यसअघि सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीमा उप–महाप्रबन्धक (डीजीएम) पदमा रहेकी रिजालले बीमा तथा बैंकिङ क्षेत्रमा लामो अनुभव सँगालेकी छन्। उनले आफ्नो करियर २०५७ सालमा तत्कालीन एभरेष्ट इन्स्योरेन्समा अफिसरका रूपमा सुरू गरेकी थिइन्। साथै, कुमारी बैंकमा सहायक प्रवन्धक पदमा समेत कार्यरत रहेकी थिइन्। युनाइटेड अजोड इन्स्योरेन्सको डीसीईओ पद गत भदौ २८ गते नवीन सुवेदीले राजीनामा दिएपछि रिक्त रहेको थियो।


Advertisement


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर