मंगलबार सुनचाँदीको मूल्य घट्यो
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (मंगलबार) सुनचाँदीको मूल्य घटेको छ। छापावाला सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेर तोलाको १ लाख ५९ हजार २ सय रुपैयाँमा किनबेच हुँदैछ। सोमबार सुनको मूल्य तोलाको १ लाख ६० हजार १ सय रुपैयाँ थियो । त्यस्तै चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर तोलाको १ हजार ८३५ रुपैयाँमा किनबेच भइरहेको छ।