भोलि र पर्सि सार्वजनिक बिदा, अब सेयरबजार आइतबार मात्र खुल्ने
सेयर बजार अब आइतबार मात्रै खुल्ने भएको छ । दुई सार्वजनिक बिदा रहेका कारण सेयर बजार अब अर्को साता आइतबारबाट खुल्नेछ । यस हप्ता भोलि माघ १६ गते बुधबार सहिद दिवस र पर्सि माघ १७ गते सोनाम ल्होसारको अवसरमा देशभर सार्वजनिक बिदा दिइएको छ। आगामी दुई दिन सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । सेयर कारोबार पनि खुल्ने छैन् । त्यसैले, अब सेयर बजार आइतबार माघ २० गतेबाट पुन: सञ्चालनमा आउनेछ।