बुधबार अमेरिकी डलरको मूल्य इतिहासकै उच्च बिन्दुमा, अन्य मुद्राको विनिमय दर कति ?



Advertisement
Ads

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। अमेरिकी डलरको मूल्य इतिहासकै उच्च बिन्दुमा पुगेको छ।


Advertisement

बुधबार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ६९ पैसा र बिक्रीदर १३७ रुपैयाँ ३९ पैसा रहेको छ। यसअघि मंगलबार खरिददर १३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३७ रुपैयाँ १६ पैसा रहेको थियो।


Advertisement

अन्य प्रमुख मुद्राको विनिमय दरमा युरोपियन युरोको खरिददर १४२ रुपैयाँ ३५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ९७ पैसा रहेको छ। यस्तै, बेलायती पाउण्डको खरिददर १७१ रुपैयाँ ४३ पैसा र बिक्रीदर १७२ रुपैयाँ १४ पैसा निर्धारण भएको छ।

चिनियाँ युआनको खरिददर १८ रुपैयाँ ७३ पैसा र बिक्रीदर १८ रुपैयाँ ८१ पैसा, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा कायम गरिएको छ।

राष्ट्र बैंकले तोकिएको विनिमय दर आवश्यकता अनुसार संशोधन हुन सक्ने जनाएको छ।

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर