बजारमा घट्न थाल्यो तरकारीको मूल्य, गोलभेंडा २७ रुपियाँमै पाइने
कालिमाटी फलफूल तथा तरकारी बजारमा तरकारीको मूल्यमा घट्न थालेको छ। काउलीको भाउ प्रतिकिलो २२ रुपियाँमा झरेको छ, जुन हिजो २७ रुपियाँमा खरिदबिक्री भएको थियो।
त्यस्तै, सानो लोकल गोलभेंडा हिजो ३५ रुपियाँमा बिक्री भएकोमा आज २७ रुपियाँमा झरेको छ।
उता स्याउ(झोले) प्रतिकिलो २५०, स्याउ(फूजी) २८०, केरा (दर्जन) १६०, कागती १२५, अनार ३७६, अंगुर(हरियो) २२६ अंगुर(कालो) ९५ रुपैयाँमा किनबेच भइरहेको छ ।