फागुन ६ गतेदेखि सानिमा क्यापिटलले सानिमा फ्लेक्सी म्युचुअल फण्ड निष्काशन गर्ने
सानिमा क्यापिटलले फागुन ६ गतेदेखि सानिमा फ्लेक्सी फण्डको इकाई सार्वजनिक निष्काशन गर्न लागेको छ। यस फण्डको कुल आकार १ अर्ब रुपैयाँ र १० करोड इकाई हुनेछ। ४०% इकाई पहिलो चरणमा बिक्री खुल्ला गर्न लागिएको हो। लगानीकर्ताले २ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन्। यस फण्डको न्यूनतम आवेदन १०० र अधिकतम ४० लाख इकाई राखिएको छ। आवेदन फागुन ११ सम्म लिने, थप इकाई बिक्री नभए फागुन २० सम्म खुला रहने छ। क्रेडिट रेटिङ्गमा इक्रा नेपालले कोष प्रबर्द्धकलाई ए माइनस रेटिङ्ग प्रदान गरेको छ।