चालू आर्थिक वर्षको ६ महिनामा १४ निर्जीवन बीमा कम्पनीहरूले २० अर्ब ८८ करोड ३५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार पुस मसान्तसम्म कम्पनीहरूले १३ लाख ८९ हजार ३१९ बीमा पोलिसी बिक्री गरेका छन्। शिखर इन्स्योरेन्सले सबैभन्दा बढी २ अर्ब ५९ करोड बीमाशुल्क आर्जन गरेको छ। दोस्रो स्थानमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले २ अर्ब ५५ करोड, र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ अर्ब १३ करोड बीमाशुल्क संकलन गरेको छ।त्यस्तै, अन्य कम्पनीहरूले पनि १ अर्ब रुपैयाँको आसपास बीमाशुल्क आर्जन गरेका छन्।