पुससम्म माइक्रो नन् लाईफ इन्स्योरेन्सको व्यापार ४२ करोड, कसको कति?
चालु आर्थिक वर्षको पहिलो छ महिनामा ४ माइक्रो नन् लाईफ इन्स्योरेन्सहरूले ४२ करोड २९ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्। यी कम्पनीहरूले पुस मसान्तसम्म १ लाख ६८ हजार ४७१ वटा बीमालेख जारी गरेका छन्। नेपाल बीमा प्राधिकरणका अनुसार नेपाल माइक्रो इन्स्योरेन्सले ४९ हजार ३८४ बीमालेख जारी गरेर १२ करोड ४१ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ। प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले ३९ हजार १०९ बीमालेख जारी गरेर १० करोड ३७ लाख, स्टार माइक्रो इन्स्योरेन्सले ४४ हजार ६८३ बीमालेख जारी गरेर ९ करोड ८२ लाख, र ट्रस्ट माइक्रो इन्स्योरेन्सले ३५ हजार २९५ बीमालेख जारी गरेर ९ करोड ६८ लाख बीमाशुल्क आर्जन गरेका छन्।