पाथीभरा केबलकार विवाद: सरकार र स्थानीय संघर्ष समितिबीच ६ बुँदे सहमति, यातायात बन्द फिर्ता



Advertisement
Ads

ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा निर्माणाधीन केबलकारलाई लिएर उत्पन्न विवाद समाधान गर्न सरकार र स्थानीय संघर्ष समितिबीच ६ बुँदे सहमति भएको छ। सहमतिअनुसार केबलकार स्टेसन माथिको निर्माण कार्य तत्काल स्थगित हुनेछ। आन्दोलनका क्रममा घाइते भएकाहरूको उपचार सरकारले गर्ने, माघ १२ को घटनाको छानबिन गरी कानुनी कारबाही गर्ने, थुनामा रहेकाहरूलाई तत्काल रिहा गर्ने र यातायात बन्द फिर्ता लिने सहमति भएको छ। विवाद समाधानका लागि माघ २७ मा थप वार्ता हुनेछ। उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालको कम्पनीद्वारा निर्माणाधीन केबलकारविरुद्ध स्थानीय संघसंस्थाहरू विरोध गर्दै आएका छन्।


Advertisement


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर