पाचँ कम्पनी बोनस सेयरमा मूल्य समायोजन, आज कतिमा खुल्छ कारोबार ?
मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा पाँच कम्पनीको बोनस सेयरमा मूल्य समायोजन गरिएको छ। समायोजन हुने कम्पनीहरूमा लक्ष्मी सनराइज बैंक, सांग्रिला डेभलपमेन्ट बैंक, साना किसान विकास लघुवित्त, शिवम सिमेन्ट, र डिप्रोक्स लघुवित्त रहेका छन्।
लक्ष्मी सनराइज बैंकको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन गर्दै अन्तिम कारोबार मूल्य २३६ रुपैयाँका आधारमा समायोजित मूल्य २२४.७६ रुपैयाँ कायम गरिएको छ।
सांग्रिला डेभलपमेन्ट बैंकको ३.६५१६ प्रतिशत बोनस सेयरमा मूल्य समायोजनपछि अन्तिम कारोबार मूल्य ३८६ रुपैयाँबाट ३७२.४० रुपैयाँ कायम भएको छ।
साना किसान विकास लघुवित्तको १३.३० प्रतिशत बोनस सेयरमा मूल्य समायोजन गर्दै ९२३ रुपैयाँबाट ८१४.६५ रुपैयाँ कायम गरिएको छ।
शिवम सिमेन्टको ८.५५ प्रतिशत बोनस सेयर समायोजन गर्दै ५५६ रुपैयाँबाट ५१२.२१ रुपैयाँ कायम गरिएको छ।
डिप्रोक्स लघुवित्तको ९.५० प्रतिशत बोनस सेयर समायोजनपछि अन्तिम कारोबार मूल्य ८६० रुपैयाँबाट ७८५.३९ रुपैयाँ कायम भएको छ।
समायोजनपश्चात कम्पनीहरूको सेयर दोस्रो बजारमा नयाँ समायोजित मूल्यका आधारमा कारोबार हुनेछ।