पहिलो छ महिनामा नेपाली रुपैयाँ अमेरिकी डलरविरुद्ध २.८३ प्रतिशतले कम्जोर बन्यो
चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो छ महिनामा नेपाली रुपैयाँ अमेरिकी डलरविरुद्ध २.८३ प्रतिशतले कमजोर भएको छ। नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको आर्थिक तथा वित्तीय प्रतिवेदनअनुसार, गत वर्षको सोही अवधिमा रुपैयाँ ०.९१ प्रतिशतले मात्र अवमूल्यन भएको थियो। पुष मसान्तमा अमेरिकी डलरको खरिद दर प्रति डलर रु. १३७.२५ पुगेको छ, जुन असार मसान्तमा रु. १३३.३६ थियो।डलरको तुलनामा नेपाली मुद्रा कमजोर हुँदा आयात लागत बढ्ने, मुद्रास्फीति बढ्न सक्ने अर्थविद्हरूको भनाइ छ।