नेप्सेमा महुली लघुवित्तको एफपीओ सूचीकृत, अब भोलिबाट कारोबार गर्न सकिने
महुली लघुवित्त वित्तीय संस्थाको एफपीओ नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ । नेप्सेका अनुसार कम्पनीको ४ लाख ७५ हजार ४४९.१५ कित्ता एफपीओ सूचीकृत भएको हो । नेप्सेमा सूचीकृत भएसँगै कम्पनीको एफपीओ अब भोलि बाट कारोबार गर्न मिल्नेछ । कम्पनीले गत पुस ५ गतेदेखि पुस ९ गतेसम्म एफपीओ बिक्री खुला गरेको थियो । एफपीओको बाँडफाँड गत पुस १९ गते गरिएको थियो । उक्त सेयर नेप्सेमा सूचीकृत भएको हो ।