नेपाल लाइफ इन्स्योरेन्सको साधारण सभा माघ २८ गते, लाभांश पाउन कहिलेसम्म सेयरधनी बन्नुपर्ने ?
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले माघ २८ गते बिहान ९ बजे बीरगंजको होटल भिष्वामा वार्षिक साधारण सभा बोलाएको छ। सभामा गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र करसहित ११.०५ प्रतिशत नगद लाभांश वितरण गरी कुल २१.०५ प्रतिशत लाभांश प्रस्ताव पारित हुनेछ। साथै, आर्थिक वर्ष २०८०–८१ को नाफा-नोक्सानको हिसाब, २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणबारे छलफल हुनेछ। साधारण सभा तथा लाभांश वितरणका लागि माघ १० गते बुक क्लोज गरिने भएकाले माघ ९ सम्मका सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश पाउनेछन्।