नेपाल इन्स्योरेन्सको सेयर लिलामी बिक्री खुला
नेपाल इन्स्योरेन्स कम्पनीले आज (पुस २२ गते) देखि २१ हजार १३३ कित्ता संस्थापक सेयर लिलामी मार्फत बिक्री खुला गरेको छ । यसमा संस्थापक सेयरधनीले मात्र बोलपत्र पेश गर्न सक्नेछन् । सेयरको प्रतिकित्ता भाउ न्यूनतम २८० रुपैयाँ तोकिएको छ ।
आवेदकले न्यूनतम २१ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटल, लाजिम्पाट काठमाडौं पुग्नेगरी बोलपत्र पेश गर्नुपर्नेछ । पुस २९ गतेसम्म आवेदन दिन सकिनेछ ।