दुई पुनर्बीमा कम्पनीको म्याद थप, अब न्यूनतम चुक्ता पुँजी पुर्याउन समय लम्ब्याइयो
नेपाल बीमा प्राधिकरणले नेपाल पुनर्बीमा कम्पनी र हिमालयन रि-इन्स्योरेन्स कम्पनीको चुक्ता पुँजी वृद्धिका लागि समय १ वर्ष थप गरेको छ। यसअघि माघ महिनासम्म पुँजी वृद्धि पुर्याउने समय तोकिएको थियो, तर प्रक्रिया अघि नबढाएपछि समय थप गरिएको हो। दुबै कम्पनीले क्यापिटल प्लान प्रस्तुत गरेका छन्; नेपाल पुनर्बीमा कम्पनीले अनुमति माग्दै पत्र लेखेको छ भने हिमालयन रि-इन्स्योरेन्सले नाफा र राइट सेयर जारी गर्ने योजना प्रस्तुत गरेको छ। अब २०८२ माघ १७ गतेसम्म २० अर्ब चुक्ता पुँजी पुर्याउनुपर्नेछ।