तरकारीको मूल्यमा भारी गिरावट, ब्रोकाउली ३० रुपियाँमै पाइने
कालिमाटी फलफूल तरकारी विकास समितिले बुधबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
कालिमाटी तरकारी बजारमा आज तरकारीहरूको मूल्य घटेको छ। ब्रोकाउली प्रतिकिलो ३५ रुपियाँमा बिक्री भइरहेको छ, जुन हिजोको तुलनामा ३० रुपियाँ सस्तो हो। हिजो यसको मूल्य ६५ रुपियाँ थियो।
त्यस्तै, अघिल्लो दिन प्रतिकिलो ९५ रुपियाँमा कारोबार भएको हरियो प्याज आज ३० रुपियाँ घटेर ६५ रुपियाँमा झरेको छ।
बजार समितिका अनुसार गोलभेंडा र बन्दा प्रतिकिलो २७, काउली २५, मटरकोशा १४५, लौका ५५, परवर ७५, बरेला ३५, रायो साग २५, र सेलरी ३६० रुपियाँमा किनबेच भइरहेको छ।