जोशी हाइड्रोपावरको स्थगित साधारणसभा अब कहिले बस्दै ?



Advertisement
Ads

जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको माघ १५ गते बोलाएको वार्षिक साधारण सभा कोरम नपुगेर स्थगित भएको छ। अब उक्त सभा माघ २४ गते काठमाडौंको सुकेधारास्थित सेलिब्रेशन हाईटमा बिहान १० बजे पुनः आयोजना गरिनेछ। सभामा आर्थिक वर्ष २०७९–८० र २०८०–८१ को नाफा-नोक्सान छलफल, २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणका एजेन्डा रहनेछन्। साथै, रिक्त तीन सञ्चालकको निर्वाचन हुनेछ तर लाभांश प्रस्ताव गरिएको छैन। कम्पनीले माघ ३ गते बुक क्लोज गरिसकेकोले माघ २ गतेसम्म कायम सेयरधनीहरूले सभामा भाग लिन सक्नेछन्।


Advertisement


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?

Advertisement
Ads
Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर