जोशी हाइड्रोपावरको साधारण सभा माघ २४ गते
जोशी हाइड्रोपावरको स्थगित साधारण सभा माघ २४ गते पुनः बस्ने भएको छ। सभा सेलिब्रेशन हाईट, सुकेधारा, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ। आर्थिक वर्ष २०७९–८० र २०८०–८१ को नाफा-नोक्सान विवरण, २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणबारे छलफल हुनेछ। कम्पनीले लाभांश प्रस्ताव गरेको छैन। साथै, रिक्त महिला १ सहित ३ जना सञ्चालक निर्वाचनको प्रस्ताव पनि छ। सभा प्रयोजनार्थ माघ ३ गते बुक क्लोज भइसकेकोले माघ २ गतेसम्मका सेयरधनी मात्र सभामा सहभागी हुन पाउनेछन्।