चौधरी ग्रुपको क्यामेललाई महानगरपालिकाले तिरायो २५ हजार जरिवाना
काठमाडौं महानगरपालिकाले ‘क्यामेल’ चुरोटको प्रचार गर्ने वितरक कम्पनी सेभेन ओसियनलाई २५ हजार रुपैयाँ जरिवाना लगाएको छ। क्यामेल चुरोट चौधरी ग्रुप अन्तर्गतको ‘पर्फेक्ट ब्लेन्डस् नेपाल’ले उत्पादन गर्छ। क्यामेल चुरोटको ब्रान्डको प्रचार चिया पसल र रेस्टुरेन्टहरूमा व्यापक रूपमा भइरहेको थियो। प्रचारका क्रममा कम्पनीले पोस्टर, भित्ते लेखन, लाइटर जस्ता उपहारहरू वितरण गरेको र चुरोटको लोगो विभिन्न पसल र रेस्टुरेन्टमा झुन्ड्याएको पाइएको हो। नेपालको सूर्तिजन्य पदार्थ नियन्त्रण र नियमन ऐन, २०६८ अनुसार, स्वास्थ्यका लागि हानिकारक सूर्तिजन्य पदार्थको प्रचारमा साथ रोक लगाइएको छ। ऐनको दफा १० ले सूर्तिजन्य पदार्थको प्रचार गर्ने कुनै पनि प्रकारको गतिविधि होर्डिङ बोर्ड, भित्ते लेखन, चिन्ह वा अन्य कुनै माध्यमबाट गरिने प्रचार निषेध गरेको छ